कपिलवस्तु -रहटावल सामुदायिक वन उपभोक्ता समूह शिवराज नगरपालिका ३ र ५, कपिलवस्तुले माघी पर्वको अवसरमा खिचडी वितरणसहित बृहत सामाजिक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय गौतमबुद्ध, चन्द्रौटाका प्रमुख महेन्द्रराज वाग्लेले कपिलवस्तु प्राकृतिक वन सम्पदाले धनी जिल्ला भएको उल्लेख गर्दै यसको संरक्षण र दिगो उपयोगमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका महत्वपूर्ण रहेको बताए। वन संरक्षणसँगै सामाजिक उत्तरदायित्व वहन गर्ने यस्ता अभ्यासले समुदायलाई थप सशक्त बनाउने उनले धारणा राखे।
कार्यक्रमअन्तर्गत उपभोक्ता समुह अन्तर्गत पर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका उपभोक्ता तथा सुत्केरी महिलालाई राहत सामग्री वितरण गरिएको थियो। ७० जना जेष्ठ नागरिक, ७ जना अपाङ्गता भएका व्यक्ति र २४ जना सुत्केरी महिलालाई दुई क्यारेट अन्डा, हर्लिक्स, ब्लान्केट तथा चौवन परास वितरण गरिएको वनका अध्यक्ष उत्तम चौधरीले जानकारी दिए ।
त्यस्तै, उपभोक्ता को घरका सदस्य को मृत्यु भएका परिवारलै काजकिरिया खर्च बापत ८ जना परिवारलाई जनही १० हजार रुपैयाँका दरले नगद सम्मान प्रदान गरिएको छ। साथै वडा प्रहरी कार्यालयलाई १ थान प्रिन्टर हस्तान्तरण गरिएको चौधरीले जानकारी दिए।
कार्यक्रममा कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारी, शिवराज नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, सब–डिभिजन वन कार्यालय खरेन्द्रपुरका वरिष्ठ वन अधिकृत पहलमान सेर्मुजा मगरलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममाविभिन्नथारुसमुदायकोमौलिकभेषभूषाझल्काउनेझाँकीसमेतप्रदर्शनगरिएकोथियो।











