कपिलवस्तु -आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ ले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। चन्द्रौटामा सम्पन्न क्षेत्रीय बैठकले प्रत्यक्षतर्फ ४ जना र समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस गरेको हो।
प्रत्यक्षतर्फ एहसान अहमद खाँ, प्रकाश पौडेल, इन्तेखाव अहमद खाँ र अब्दुल नवाब शाहको नाम सिफारिस गरिएको छ।
त्यसैगरी समानुपातिकतर्फ अहमद अब्दुल रउफ, रहिस शाह, इन्तेखाव अहमद खाँ, प्रेमकला पौडेल, सिता बुढाथोकी, चिन्ता बहादुर दर्जी, सहवाज खाँ, आरती धोवी, जावेद आलम खाँ, सहिजाद आलम खाँ, असलम खाँ, सावित्री थारु, वेगम मैयम खातुन, मौलाना मसहुद खाँ नेपाली, केशर वली र मयायदिन मियाँको नाम सिफारिस गरिएको छ।
सिफारिस गरिएको उम्मेदवारहरूको विवरण नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहिस शाहले जानकारी दिनु भएको हो।












