कपिलवस्तु - नेकपा एमालेका नेता विष्णु रिजाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।
एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी उपमहासचिव र केन्द्रीय सदस्यका उम्मेदवार थिए ।
उपमहासचिवमा पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि हार व्यहोरेका हुन् ।
रिमाल अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । लामो समय उनले ओलीकै टिममा रहेर काम गरेका थिए ।











