भदौ १ गते विहान १० बजे सितादेवी सुबेदीको घरमा गिरोहले अन्दाजी २ तोला सुनका गहना र नगद दुई लाख रुपैयाँ चोरी गरेका हुन ।
सबभन्दा आश्चर्यजनक कुरा भनेको उक्त घर इलाका प्रहरी कार्यालय सुन्दरीडाडाको नजिकै रहेको हो ।
पीडित परिवारले घटना तत्कालै प्रहरीलाई जानकारी गराए पनि चोरी भएको १० दिन वित्नै लाग्दासम्म कुनै ठोस कारबाही हुन नसकेको भन्दै प्रहरी प्रशासनप्रति असन्तोष प्रकट गरेका छन् ।
प्रहरीको नजिकै घरमा चोरीमा समेत अनुसन्धानमा ढिलासुस्ती हुनु ‘सुरक्षा निकायको असक्षमता’ भएको भन्दै स्थानीयले आलोचना गरेका छन ।
इलाका प्रहरी कार्यालय सुन्दरी डाडाका प्रहरी निरीक्षक जंगबहादुर शाहले “चोरी गर्ने गिरोहको खोजीकार्य भइरहेको” दाबी गरे पनि पीडित पक्षले भने अहिलेसम्म कुनै परिणाम नआएको भन्दै शंका व्यक्त गरेका छन् ।
स्थानीयवासीहरूले प्रहरी कार्यालय छेउमै खुलेआम चोरी हुनु आफैंमा ‘प्रहरीको गम्भीर लापरबाही’ भएको भन्दै तुरुन्तै दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरेका छन् ।
प्रहरी निरीक्षक शाहले गिरोहको खोजीकार्य जारी राखेको बताउनु भयो ।











