घनश्याम भर (विजयनगर) कपिलवस्तु, ४ भदाैँ ।कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ दत्तपुरमा रहेको मदरसा अहिले सुन्नत गाैसियामा वार्षिक कार्यक्रम सम्पन्न भएको छ । बुधबार मदरसाका विद्यार्थीहरुकाे विभिन्न प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उर्स आला हजरत-इमाम अहमद खाँकाे जन्मजयन्तीकाे अवसरमा साे कार्यक्रम गरिएको प्रधानाध्यापक माेहम्मद अखलाद अन्सारीले जानकारी दिए। विद्यार्थीहरुले नेपाली, अंग्रेजी, हिन्दी र उर्दुुमा भाषण (वक्तव्य कला) प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियोे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले मदरसामा चाैतर्फी रुपमा विकास गर्नुपर्ने आवश्यकता देखिएकाे बताए । सबैले आ-आफ्नो ठाउँबाट सक्दाे सहयोग गर्दै शिक्षित भए मात्र विकास हुने भन्दै बालबालिकालाई पढाउनुपर्ने उनलेे बताए । स्थानीय सरकार आएपछि मदरसालाई शैक्षिक मूलधारमा ल्याउनल स्राेत साधन अनुसार आवश्यक लगानी गर्दै आएकाे बताउँदै अभिभावकहरुले पनि मदरसाप्रति आफ्नो कर्तव्य र जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्न आग्रह समेत गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले पाठ्यक्रमलाई आधुनिक शैक्षिक प्रविधिहरूसँग जाेड दिन आवश्यक रहेकाे बताइन् । उनलेे शैक्षिक अनुसन्धानमा जोड दिँदै नयाँ तरिका र विधिहरूको अवलम्बन गर्नुुपर्ने बताइन् । उनलेे विद्यार्थीकाे सर्वाङ्गिण विकासका लागि अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरिन् ।
यसैगरी ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले यश मदरसामा शैक्षिक गुणस्तरीयता अभिवृद्धिका लागि शिक्षक व्यवस्थापन गर्ने बताए । भाैतिक संरचनामा अब्बल भएकाे बताउँदै मावि सञ्चालनका लागि पहल आवश्यक देखिएकाे उनलेे जिकिर गरे ।
कार्यक्रमलाई गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासे, कार्यपालिका सदस्य मुजिब उर्रहमान खाँ, माैलाना सद्दाम हुने अन्सारी, त्रिनेत्र मावि व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार चाैधरी, मदरसा व्यवस्थापन समितिका अध्यक्ष माेहर्रम पठान, शिक्षिका जमुना यादव लगायत सम्बाेधन गरेका थिए ।











