कपिलवस्तु, शिवराज –शिवराज नगरपालिका–५ चन्द्रौटामा राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १ सय १५ जनाले रगतदान गरेको राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटी अध्यक्ष नारायण सापकोटाले जानकारी दिनु भयो ।
कार्यक्रम लाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य सुशील श्रीवास्तबले राजनीतिक परिवर्तनका आन्दोलनमा रगत बगाएका युवाहरू अहिले रक्तदान जस्ता मानवीय सेवामा अग्रसर बन्दै गको बताउनु भयो ।
मानवताको दृष्टिकोणले रक्तदान पुण्य कार्य रहेको एमाले लुम्बिनी प्रदेश सदस्य नेत्रराज अधिकारीले बताउनु भयो । समय समयमा रक्तदान गर्नाले अरुको जीवन बचाउनुका साथै आफ्नो स्वास्थ्यलाई समेत फाइदा पुग्ने उहांले बताउनु भयो ।
रगत दान पुन्यको काम भएको भन्दै समय समयमा यस्ता कार्य निरन्तर आवस्यक रहेको एमाले प्रदेश सदस्य अर्जुन केसिले बताउनु भयो ।
दिउँसो १ बजेसम्म सञ्चालन भएको रक्दान संख्यालाई शिवराज नगरकै ऐतिहासिक रेकर्ड भएको संघका अध्यक्ष नारायण सापकोटाले बताउनु भयो ।
शिवराज नगर अध्यक्ष, युवा संघका जिल्ला सह–इन्चार्ज गोपाल मणि ज्ञावाली , केन्द्रिय सदस्य विष्णु हमाल , जिल्ला अध्यक्ष तिलक गिरी, लगायतका नेताहरूले समेत रक्तदान कार्यक्रमलाई ऐतिहासिक र प्रेरणादायी भन्दै युवाको भूमिकाको प्रशंसा गरेका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, शसस्त्र प्रहरी, नेपाल प्रहरी, समाजसेवी अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता र सक्रिय सहभागिता रहेको थियो।
आधारभूत अस्पताल चन्द्रौटामा सम्पन्न रक्तदान कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीको आयोजना र कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवल(रुपन्देहीको प्राविधिक सहयोग रहेको थियो ।











