कपिलवस्तु । राष्ट्रिय युवा संघ नेपालले सञ्चालन गरिरहेको एक महिने ‘बृहत् रक्तदान अभियान’ अन्तर्गत भोलि शनिबार (साउन ३१ गते) शिवराजमा रक्तदान कार्यक्रम हुने भएको छ। शिवराज–५ चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा बिहान८ बजे देखिदिउँसो १ बजे सम्म कार्यक्रम संचालन हुने नगर कमिटी अध्यक्ष नारायण सापकोटाले जानकारी दिनु भयो ।नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोग र राष्ट्रिय युवा संघ शिवराज नगर कमिटीको आयोजनामा उक्त कार्यक्रम गर्न लागिएको अध्यक्ष सापकोटाले जानकारी दिनु भयो।
संघको केन्द्रीय कमिटीको अभियानअनुसार आयोजना हुन लागेको उक्त कार्यक्रममा रक्तदानका लागि सबैलाई सहभागी हुन आग्रह गर्नु भएको छ।
रगतको अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थालाई रोक्न यो अभियान सुरु गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विष्णु हमालले बताउनु भयो।











