कपिलवस्तु -कपिलवस्तुको चन्द्रौटामा तीज मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रौटाको होटल तथा रेस्टुरेन्ट ब्यावासायीको आयोजनामा चन्द्रौटामा भव्य तीज मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री अर्जुन कुमार केसीले तीज पर्वले महिलाबीच आपसी एकता, सांस्कृतिक संरक्षण र सामाजिक सद्भाव अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी स्थानीय व्यवसायी, समाजसेवी, महिला समूहका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूले तिज पर्वको सांस्कृतिक महत्वबारे मन्तव्य राख्दै आपसी सहयोग, एकता र सद्भावको सन्देश प्रवाह गर्न आग्रह गरेका थिए।
कार्यक्रममा नगरपालिकाको उपप्रमुख शिवकुमारी चौधरीले तिजलाई महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र सामाजिक एकताको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।
संगीत, नृत्य तथा विभिन्न रमाइलो सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो ।
होटल तथा रेष्टुरेन्ट ब्यावासायी संघका अध्यक्ष लेखनाथ घर्तीले तीज पर्वले नेपाली समाजमा आपसी माया र सद्भाव बढाउने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सहभागी सबैलाई पर्वको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका पदाधिकारी, स्थानीय समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले नृत्य, गीत तथा तीजका भाकामा रमाउँदै शुभकामना आदान–प्रदान गरेका थिए।











