कपिलवस्तु -निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा राख्न लागिएका केही प्रावधानप्रति आपत्ति जनाउदै शिवराज नगरपालिकालाइ ज्ञापन पत्र बुझाएका छन । प्याब्सन शिवराज र प्याब्सन विजयनगरले पालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
प्याब्सन शिवराजले समितीले बिहिबार नगर उपप्रमुख शिवकुमारी थारु र शिक्षा शाखा प्रमुख पुर्ण विश्वकर्मालाई उक्त ज्ञापन पत्र बुझाइएको हो । त्यस्तै
प्याब्सन विजयनगर समितिले पनि आजै पालिका अध्यक्ष गोपाल बहादुर थापा र शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेलाई ज्ञापनपत्र बुझाएको हो ।
आफुहरुले राखेका मागहरु सम्बोधन नभएले केन्द्रीय सर्कुलर अनुसार आन्दोलन स्वरुप ज्ञापन पत्र बुझाइएको प्याब्सन कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष तोयनाथ गैरेले बताउनुभयो ।
“निजी विद्यालयहरूलाई क्रमश: गैर नाफामूलक बनाईनेछ” भन्ने वाक्याशं हटाइनु पर्ने, “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने , तथा छात्रवृत्तिअन्तर्गत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने माग निजी शैक्षिक संस्थाहरुको रहेको जनाइएको छ ।
कुल ग्राहस्थ्य उत्पादनमा ७.२ प्रतिशत योगदान गर्ने निजी लगानीका शिक्षालयहरुलाई विद्यालय शिक्षा ऐनमा समेटिएको “गैह्र नाफामूलक” भन्ने प्रावधान बाञ्छनीय नभएको प्याब्सनका शिवराजका अध्यक्ष कमल खड्काले बताउनुभयो ।











