कपिलवस्तु -नेकपा (एमाले) केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गिरधारिलाल न्यौपानेले आगामी कार्यकालमा पनि अध्यक्ष केपी शर्मा ओली नै रहने संकेत गर्नु भएको छ ।

एमाले शिवराज नगर कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै उहाँले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको कार्यकारी पदमा ल्याउने चर्चा अस्वस्थ राजनीतिक अभ्यास हुने बताउनु भयो । संवैधानिक निकायको प्रमुख भइसकेको व्यक्ति पुनः पार्टी नेतृत्वमा आएर सक्रिय राजनीतिमा प्रवेश गर्नु सही अभ्यास होइन भन्ने एमालेको धारणा रहेको उल्लेख गर्नु भयो। पूर्व राष्ट्रपतिलाई पार्टीको मात्र नभई राष्ट्रकै अभिभावकको रूपमा रहने जिम्मा एमालेले दिएको हो उहाँको भूमिका राजनीतिक दलको प्रत्यक्ष गतिविधिभन्दा बाहिर रहँदा नै निष्पक्ष र सम्मानित हुन्छ उहाँले भन्नू भयो ।
अध्यक्ष ओलीको नेतृत्वमा एमाले अझ मजबुत हुँदै मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउने लक्ष्यका साथ अघि बढ्ने बताउनु भयो ।
ब्यापार संघ कपिलवस्तुको सभा हलमा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेलको अध्यक्षता, उपसचिव गोपाल प्रसाद बन्जाडेको संचालन तथा उपाध्यक्ष टेकलाल सापकोटाको स्वागत मन्तव्यमा सुरु भएको कार्यक्रममा केन्द्रिय सल्लाहकार सदस्य साधुराम खनाल , प्रदेश सदस्यहरु नेत्रराज अधिकारी ,अर्जुन कुमार केसि, लंक हमाल ,डम्बर शर्मा , शिवकुमारी चौधरी , एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल ,कपिलवस्तु जिल्ला सचीव चन्द्र बहादुर गहतराज लगायतले सम्बोधन गर्नु भएको थियो ।
सोही बैठकमा नेपाली कांग्रेसका कृयाशील सदस्य नेता हिम केसी एमाले प्रवेश गर्नुभएको छ, उहाँ सङ्गै बसन्ता पाण्डे पनि एमालेमा प्रवेश गर्नुभएको हो, प्यूठानमा बिभिन्न संघ संस्थामा आवद्ध र मिडिया स्थापनामा योगदान गुर्याउनुभएका केसी पछिल्लो २ वर्ष यता शिवराज नगरपालिका १ नम्बर वडाको बासिन्दा हुनुहुन्छ, उहाँहरू लाई प्रमुख अतिथि समेत रहनुभएका नेकपा एमाले केन्द्रिय सदस्य, कपिलवस्तु जिल्ला इन्चार्ज तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले टिका र खादा ओढाएर पार्टीमा स्वागत गर्नुभयो ।

बैठकमा अन्तर पार्टी निर्देशन, विधान संसोधन सम्बन्धि सुझाव संकलन , वडा तथा टोल कमिटीको रिपोर्टिङ लगायतका विषयमा छलफल भएको थियो ।










