शिवराज, कपिलवस्तु — राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीको आयोजनामा श्रावण ३१ गते शनिवार वृहत् खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ। कार्यक्रम शिवराज–५ चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा हुने नगर अध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो।
संघले रक्तदानलाई मानवताको महान् सेवा मान्दै यस अभियानमार्फत रक्त आवश्यक परेका बिरामीलाई सहज
राष्ट्रिय युवा संघ शिवराजका इन्चार्ज रणदीप खतिवडाले रगतको अभावका कारण कसैको ज्यान नहोस् भन्ने उद्देश्यले रक्तदान अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो। उहाँले युवाहरुलाई समाजसेवा र मानवताको यो महान् कार्यमा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभयो।
संघले रक्तदानलाई मानवताको महान् सेवा मान्दै यस अभियानमार्फत रक्त आवश्यक परेका बिरामीलाई सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।










