कपिलवस्तु -कपिलवस्तुको शिवराजमा एक हप्ताको योग शिविर संचालन हुन लागेको छ । रोट्याक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिका वडा नम्बर ५ स्थित कणेस्वरी मन्दिर परिसरमा एक हप्ते योग शिविर संचालन गर्न लागेको क्लबका अध्यक्ष प्रकाश चौधरीले जनाएका छन ।
शिविर बिहान ४:४५ देखि ६:१५ बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। शारीरिक र मानसिक स्वास्थ्यलाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको यस योग शिविरमा विभिन्न योग अभ्यासहरू प्रदान गरिने आयोजक क्लबका अध्यक्ष चौधरीले जनाएका छन्।
शिविर सञ्चालनमा पतञ्जली योग समिति शिवराज, पतञ्जली महिला योग समिति शिवराज, तथा पतञ्जली युवा समिति शिवराजको प्राविधिक तथा प्रशिक्षण सहयोग रहेको छ।
रोट्याक्ट क्लबले समुदायमा स्वास्थ्यप्रति सचेतना फैलाउने र स्वस्थ जीवनशैलीप्रति अभिप्रेरित गराउने उद्देश्यले नियमित रुपमा यस्ता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको क्लबका अध्यक्ष प्रकाश चौधरीले प्रष्ट पारेका छन।











