कपिलवस्तु ।शिवराज नगरपालिकाले गर्भवती महिलालाई लक्षित गर्दै निःशुल्क प्रयोगशाला परीक्षण तथा भिडियो एक्सरे सेवा प्रदान गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अनुसार सञ्चालनमा ल्याइएको शिवराज नगरपालिकाका जनस्वास्थ्य अधिकृत चुडामणि भट्टराईले सुचना प्रकाशित गर्दै सेवा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन भइसकेको जनाउनु भएको छ। अब गर्भवती महिलाहरूले नगरभित्रका तोकिएका स्वास्थ्य संस्थाहरूबाटै सेवा लिन सक्ने छन्
पालिकाले आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटा मा प्रयोगशाला परीक्षणसँगै भिडियो एक्सरे सेवा उपलब्ध हुनेछ भने शिवपुर, चनाई र शिवगढी स्वास्थ्य चौकीहरूमा पनि प्रयोगशाला परीक्षण सेवा दिइनेछ।











