कपिलवस्तु – वन संरक्षण र दीगो व्यवस्थापनका लागि शिवराज साझेदारी वन उपभोक्ता समूहले स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा डिभिजन वन कार्यालय, चन्द्रौटा कपिलवस्तु गौतमबुद्धका डिभिजन प्रमुख राजु क्षेत्रीले वन संरक्षणमा उपभोक्ताको सक्रिय सहभागिता अपरिहार्य भएको बताउँदै दीर्घकालीन सोचसहितको योजना निर्माण आवश्यक रहेको धारणा राख्नुभयो।
डिभिजन प्रमुख क्षेत्रीले साझेदारी वनहरूको दीगो व्यवस्थापनका लागि उपभोक्ता समूह, स्थानीय सरकार र सरोकारवाला निकायबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा शिवराज साझेदारी वनका अध्यक्ष हरिप्रसाद पोख्रेलले वन संरक्षणका विधि, वन क्षेत्रको प्रगति, आगलागी रोकथाम तथा अवैध कटानी नियन्त्रणका विषयमा जानकारी दिनुभयो। उहाँले तारबार, झाडी फडानी र बन सफाईजस्ता काममार्फत संरक्षणलाई प्रभावकारी बनाउन लागिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा शिवराज साझेदारी वनको क्षेत्राधिकारभित्र पर्ने विभिन्न वडाका जनप्रतिनिधि, सरोकारवाला निकाय, संघसंस्था, स्थानीय सरकारका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम वन उपभोक्ता समूहको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको शिवराज साझेदारी वनका सदस्य विष्णु हमालले जानकारी दिनु भयो ।











