कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरपालिका–३ निवासी ममता खनालले आफ्नो जन्मदिन अरूलाई आदर र मायाको सन्देश दिनका लागि फरक तरिकाले मनाउनुभयो।
साथीभाइसँग ठूलो रकम खर्च गरेर केक काट्ने चलनलाई छोडेर तपाईंले तौलिहवा स्थित बालगृहमा पुगेर त्यहाँ रहेका बालबालिकालाई फलफूल फ्रुटी खुवाउनुभयो र उपहारस्वरूप एक–एक जोर टिसर्ट समेत प्रदान गर्नुभयो।

उहाँको सामाजिक कार्यले समाजमा आपसी आदर र सहयोगको भावना थप बलियो बनाएको छ।जन्मदिनमा फजुल खर्च गर्नु भन्दा बालबालिकालाई खुशी दिन पाउँदा साच्चिकै आनन्द मिलेको उहाँले बताउनु भयो ।











