विजयनगर, १ असार ।कपिलवस्तुकाे विजयनगर गाउँपालिका-४, त्रिपालनगरमा ४० दिने बुटिक तालिम समापन भएको छ । गाउँपालिकाकाे आयाेजनामा जनचेतना बुद्ध साना किसान कृषि सहकारीमा आबद्ध १५ जना महिलाहरुले बुटिक तालिम लिएका हुन् । १५ जना महिलाहरुले बुटिक तालिम लिइरहेका छन् ।
गाउँपालिका अध्यक्ष गोपाल थापाले बुटिक तालिम लिएर महिलाहरुले आफ्नै घरमै बसेर आम्दानी गर्ने सक्ने बताउनु भयो । यसले परिवार र गाउँको समृद्धिमा ठूलो टेवा पुग्ने बताउनु भयो। आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमलाई पालिकालेनिरन्तरता दिने गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बताउनु भयो ।
समापन कार्यक्रममा उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, कार्यपालिका सदस्य टंक बहादुर सुनार, वडा सदस्य मिना सुनार, निमसरी सुनार, वडा सचिव प्रदीप अधिकारी, प्रशिक्षक हुम कुमारी राना लगायत सिकारुहरुकाे उपस्थिति थियोे ।










