कपिलवस्तु, असार १ — नेकपा (एमाले) कपिलवस्तु नगर कमिटीका अध्यक्ष तथा अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष श्याम प्रकाश प्रजापति कपिलवस्तु अस्पताल विकास समिति, तौलिहवाको अध्यक्षमा मनोनीत भएका छन्।
कपिलवस्तु नगरपालिका–२ निवासी प्रजापतिलाई अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० (पहिलो संशोधन २०८१ समेत) को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम स्वास्थ्य मन्त्रालयको २०८२ जेष्ठ ३० गतेको मन्त्रीस्तरिय निर्णय अनुसार मनोनयन गरिएको हो।
प्रजापतिले अध्यक्ष पद सम्हालेसँगै कपिलवस्तु अस्पतालबाट प्रदान गरिने सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा थप गति लिने विश्वास गरिएको छ। अध्यक्ष प्रजापतिले आफुले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै अस्पताललाई थप व्यवस्थित र जनमैत्री सेवा केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय तहदेखि प्रदेश सरकारसम्मका सरोकारवाला निकाय र समुदायको सक्रिय सहकार्यमा अस्पताल विकास समितिले अस्पतालका पूर्वाधार विकास, दक्ष जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तरमा थप सुधार गर्ने अपेक्षा गरिएको छ।












