कपिलवस्तु , जेठ २६ – काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशनले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा थपेको छ। लुम्बिनी प्रदेशबाट विष्णु घिमिरेले केन्द्रीय सदस्य पदमा दिएको उम्मेदवारीले महाधिवेशनमा विशेष ध्यान तानेको छ। घिमिरेको उम्मेदवारीसँगै लुम्बिनी प्रदेशका युवा विद्यार्थीहरूमा उत्साहको लहर छाएको छ।
विगत एक दशकभन्दा बढी समयदेखि अनेरास्ववियुमा सक्रिय रहँदै आएका घिमिरे विद्यार्थी आन्दोलनमा संघर्षशील, नीतिगत स्पष्टता बोकेका र व्यवहारिक नेताका रूपमा स्थापित छन्। उनले संगठनभित्र सादगी, कर्मठता र नेतृत्वदायी क्षमताको उदाहरणीय अभ्यास गर्दै आएका छन्।
संगठनिक यात्रा : क्याम्पसदेखि जिल्ला अध्यक्षसम्म
विष्णु घिमिरेले विद्यार्थी राजनीतिमा आफ्नो यात्रा क्याम्पस कमिटी सदस्यको रूपमा सुरु गरेका घिमिरे संगठनप्रतिको निष्ठा, निरन्तर सक्रियता र नेतृत्वदायी गुणका कारण उनले छिट्टै जिल्ला कमिटीमा स्थान बनाएका छन । जिल्ला अध्यक्षको रूपमा छोटों समय जिम्मेवारी पाएका घिमिरेले छोटो समयमै संगठनलाई गतिशील बनाउँदै कपिलवस्तु जिल्लाका सबै क्याम्पस र पालिकाहरूमा अनेरास्ववियुको संरचना निर्माण गर्न सफल भएका थिए ।
उनको कार्यकालमा संगठनले जडसम्म पुगेर विद्यार्थीको सवाल उठाउंदै शैक्षिक सरोकारलाई संगठित ढंगले प्रस्तुत गर्यो र व्यापक जनसंपर्क विस्तार गर्नमा उनको ठुलो हात रहेको छ । यही योगदानका कारण घिमिरे विद्यार्थी समुदायमा उनी लोकप्रिय बनेका छन्।
उम्मेदवारीको पृष्ठभूमि र उद्देश्य
केन्द्रीय सदस्य पदका लागि घिमिरेले दिएको उम्मेदवारी आकस्मिक होइन, निरन्तर संघर्ष, योगदान र संगठनप्रतिको प्रतिबद्धताको परिणाम हो। शिक्षा क्षेत्रमा व्याप्त बेथिति, असमानता, राजनीति दुरुपयोग, शुल्कको दुरुपयोग, र निजीकरणजस्ता मुद्दामा उनले स्पष्ट धारणा राख्दै आएका छन्। विद्यार्थी हकहितका सवालमा कुनै सम्झौता नगर्ने घिमिरेले महाधिवेशनलाई परिवर्तनको अवसरका रूपमा हेरेका छन्।
प्रदेशभर उत्साह र समर्थन
घिमिरेको उम्मेदवारीले लुम्बिनी प्रदेशभरि नयाँ उत्साह ल्याएको छ। गाउँदेखि शहरसम्मका विद्यार्थीले उनको नेतृत्वमा आशा देखेका छन्। सामाजिक सञ्जालदेखि भौतिक भेलासम्म उनको पक्षमा सकारात्मक माहोल बनिरहेको छ।
विविध स्थानबाट काठमाडौं आएका प्रतिनिधिहरूले घिमिरेको उम्मेदवारीलाई संगठनभित्र तल्लो तहबाट शीर्ष तहसम्म नेतृत्व विकास गर्न सक्ने नमूना मानेका छन्। विद्यार्थी नेताहरूको मूल्यांकनमा उनी नीतिगत रूपमा प्रष्ट, संगठनप्रति समर्पित र व्यवहारिक नेताको रूपमा अगाडि छन्।
७७ वटै जिल्लाका प्रतिनिधिमाझ निर्वाचनको चटारो
देशका ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिहरू महाधिवेशन स्थलमा अनेरास्ववियुको आगामी नेतृत्व चयनको तयारीमा जुटिरहेका छन्। छलफल, लबिङ, रणनीति र मूल्याङ्कनको चहलपहलले महाधिवेशन क्षेत्र निकै तातिएको छ।
पार्टी नेताहरूको बलियो साथ
उम्मेदवारी अघि बढाउने निर्णयमा घिमिरे एक्ला छैनन्। उनीसँग पार्टीका केन्द्रीय नेताहरूको समेत बलियो साथ र समर्थन रहेको बुझिएको छ। पार्टीभित्र विद्यार्थी संगठनलाई पुनर्गठन गर्ने र तल्लो तहबाट संघर्षशील नेताहरूलाई अघि ल्याउने सोचअनुरूप घिमिरेको उम्मेदवारीलाई सहयोग गरिएको छ।
पार्टी नेतृत्वका विभिन्न तहका नेताहरूले घिमिरेको विगतको योगदान, संगठन निर्माणमा उनको भूमिका र संघर्षशील स्वभावप्रति विश्वास प्रकट गर्दै उनलाई सघाइरहेका छन्। यो समर्थनले उनी निर्वाचनमा अझ सशक्त र प्रतिस्पर्धी उम्मेदवारको रूपमा देखिएका छन्।
अनेरास्ववियुको केन्द्रीय सदस्यका उम्मेदवार रहेका विष्णु घिमिरेले विद्यार्थीहरूका सपना र अधिकारको रक्षा गर्नु मेरो पहिलो प्राथमिकता बताएका छन । संगठनलाई पुनः जमीनी स्तरमा जीवन्त बनाउँदै, शिक्षा क्षेत्रमा व्याप्त बेथिति, व्यापारीकरण र अन्यायविरुद्ध नीतिगत संघर्ष गर्दै अघि बढ्ने प्रतिबद्धतासहित म उम्मेदवार बनेको हुँ उनले भने। नेतृत्व पद सम्मान होइन, जिम्मेवारी हो, र म त्यो जिम्मेवारी उठाउन तयार रहेको बताए ।











