कपिलवस्तु - बालविवाह अन्त्यका लागि धर्मगुरुहरुको भुमिका बिषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रम चन्द्रौटामा सम्पन्न भएको छ ।
सिदार्थ सामाजिक विकास केन्द्रको आयोजना, शिवराज नगरपालिकाको समन्वय तथा युनिसेफको आर्थिक सहयोगमा बालविवाह अन्त्यका लागि बालसंरक्षण प्रवर्द्धन कार्यक्रमअन्तर्गत धर्मगुरुहरुको भुमिका विषयक अन्तरक्रिया गरीएको हो ।
कार्यक्रममा धर्मगुरु, शिक्षक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सिदार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम अधिकृत नारायण घिमिरेले नेपालमा बालविवाहको वर्तमान अवस्था, त्यसका कारणहरू, न्यूनीकरणका उपायहरू र धर्मगुरुहरूको भूमिकाको विषयमा सहजीकरण गर्नुभयो।
अन्तरक्रियामा सहभागी धर्मगुरुहरू—पण्डित, मौलाना, पास्चर तथा पटघरका प्रतिनिधिहरूले बालविवाह नगर्ने र समुदायमै हुन नदिने प्रतिवद्धता जनाउँदै सामूहिक हस्ताक्षर गरेका थिए। उनीहरूले समुदायमा सचेतना फैलाउने, धार्मिक सन्देशमार्फत सही मार्गदर्शन गर्ने र सहकार्यमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
यस कार्यक्रमले धार्मिक नेतृत्वद्वारा सामाजिक परिवर्तन सम्भव हुने र बालविवाह अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको निष्कर्ष निकालेएको छ।











