कपिलवस्तु –
सिदार्थ सामाजिक विकास केन्द्रको आयोजना, शिवराज नगरपालिकाको समन्वय तथा युनिसेफको आर्थिक सहयोगमा लैंगिक समानताका लागि पुरुष सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम चन्द्रौटामा सम्पन्न भएको छ।
कार्यक्रममा सिदार्थ सामाजिक विकास केन्द्रका मनोसामाजिक परामर्शदाता सुस्मा आचार्यले सहजीकरण गर्दै समाजमा हुने लैंगिक हिंसा, यसको असर र न्युनिकरणमा पुरुषहरूको भूमिकाबारेमा छलफल गराउनुभएको थियो । समाजमा समानता स्थापनाका लागि पुरुषहरूको सक्रियरूपमा सहभागिता हुनु अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा शिवराज नगरपालिकाका ११ वटै वडाबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले समुदायमा लैंगिक हिंसाविरुद्ध सचेतना फैलाउने तथा पुरुषहरूलाई सकारात्मक भूमिकामा संलग्न गराउने प्रतिबद्धता व्यक्त गरेका छन।
कार्यक्रम लैंगिक समानताको संवदेनशील विषयमा पुरुष सहभागिता बढाउँदै स्थानीय तहमा सशक्त र सहकार्ययुक्त वातावरण सिर्जना गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।










