चन्द्रौटा -कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुरमा रहेको शिवपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा निर्माण गरिएको खानेपानी धारा उद्घाटन गरिएको छ।प्रदेशबाट पानीको शुद्धता ल्याब परिक्षण पछी खानेपानीको धारा वितरण सुरु गरिएको हो।

कार्यक्रममा उपभोक्ता समिति अध्यक्ष ढुडिराज अधिकारीका अनुसार २०७६ सालमा सुरु गरिएको योजनाअन्तर्गत ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड पानी ट्यांकी निर्माण, दुईवटा डिप बोरिङ खनेर मोटर जडान, ३० किलोमिटर पाइपलाइन विस्तार गरिएको बताउनु भयो ।
हालसम्म ४३१ घरपरिवार उपभोक्ता बनेको जानकारी दिँदै अधिकारीले अब बाँकी पाइप विस्तार, उपभोक्ता संख्या वृद्धि र पानी फिल्टर व्यवस्थापनमा आगामी योजना अगाडी सारेको बताउनु भयो ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री एवम् प्रदेश सभा सदस्य अर्जुन केसिले सफा र सुरक्षित खानेपानी प्रत्येक नागरिकको आधारभूत अधिकार रहेको बताउनु भयो। यो आयोजना शिवपुरको गौरवको विषय रहेको बताउनु भयो ।सफा र शुद्ध खाने पानीले मानिस निरोगी हुने बताउनु भयो।
कार्यक्रममा पुर्व नगरप्रमुख नेत्रराज अधिकारीले शुद्ध र सफा पानी प्रत्येक नागरिकको आधारभूत अधिकार रहेकोहो बताउनु यस्तो योजना मार्फत त्यो अधिकार व्यवहारमा लागू भएको बताउनी भयो । शुद्ध खाने पानी खाएमा रोगबाट बच्न सहयोग हुने बताउनु भयो ।
, डिभिजन खानेपानी कार्यालय कपिलवस्तुका प्रमुख प्रकाश केसी, उपभोक्ता समिति केन्द्रिय सदस्य विश्व कार्की, वडा अध्यक्ष खिम बिक्रम केसी लगायतले शुभकामना मन्तव्य दिनुको थियो ।कार्यक्रममा वडा नं ५ का अध्यक्ष नेत्र बेल्वासे, चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोखरेल, नेपाल आदर्श बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विरु केसी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमसंस्थाकि लक्ष्मी हमालले स्वागत मन्तव्य , सचिव गणेश केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।











