कपिलवस्तु।नेकपा एमाले शिवराज नगर कमिटीले स्व सिताराम खनालको निधन प्रती दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा गरेको छ ।
एमाले शिवराजको आयोजनामा आज उहाँकै निवास शिवराज ११ सडवामा सातौं दिनको पुण्य तिथिमा गरी स्व. खनालको योगदानलाई सम्झनामा आज शोक सभा गरेको हो ।
एमाले पूर्व जिल्ला सल्लाहकार परिषद संयोजक तथा नेकपा एमाले केन्द्रीय महाधिवेशन प्रतिनिधि उपेन्द्र खनाल ,रामकला देवी खनाल, तेजप्रसाद खनाल र सुमित्रा देवी खनालका पिता स्व. सिताराम खनालको १०० वर्षको उमेरमा भएको असमयिक निधन प्रती परिवारलाई समबेदना प्रकट गरेको थियो ।
नगर कमिटी अध्यक्ष महादेब पोख्रेलको अध्यक्षतामा भएको शोक सभामा प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, शिवकुमारी थारु लगायत पार्टीका अन्य नेताहरूको उपस्थिति रहेको थियो।
शोकसभामा एमाले प्रदेश सदस्य नेत्र राज अधिकारीले स्व. खनालको जीवन र योगदानलाई स्मरण गर्दै उहांको राजनीतिक र सामाजिक क्षेत्रमा भएका योगदानलाई पार्टी मूल्याङ्कन गर्दै अगाडी बढने बताउनु भयो ।
शोकसभामा सहभागी नेताहरूले स्व. खनालको परिवारप्रति समवेदना व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेका थिए।












