कपिलवस्तु नेकपा (एमाले) शिवराज नगरपालिका वडा नम्बर ११ मा संगठन विस्तारका लागि जरा अभियान सञ्चालन भइरहेको छ। सोही अभियानअन्तर्गत हिजो सम्पन्न विस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी १५ जना नयाँ सदस्य एमालेमा प्रवेश गरेका छन्।
नेकपा एमालेका नगर कमिटी अध्यक्ष महादेव पोखरेलले जरा अभियान मार्फत वडादेखि टोल तहसम्म संगठनलाई बलियो बनाउने कार्य भइरहेको बताउनुनु भयो । जरा अभियानकै क्रममा १५ जना साथीहरू एमालेमा प्रवेश गराउनु भएको छ ।
वडा कमिटी अध्यक्ष छबिलाल पराजुलीको अध्यक्षता तथा जिल्ला कमिटी सदस्य रमेश सिंह खातीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जिल्ला सल्लाहकार परिषद् संयोजक उपेन्द्र खनाल, नगर कमिटी सदस्यहरू तारा प्रसाद पौडेल, शम्भु रायमाझी, इन्द्रप्रताप सेन लगायत नेताहरूको उपस्थिति रहेको थियो।
बैठकमा जरा अभियानलाई अझ प्रभावकारी बनाउनेबारे छलफल भएको वडा कमिटी अध्यक्ष पराजुलीले जानकारी दिनुभयो।











