चन्द्रौटा -
राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रैटामा आजका लागि तय गरिएको अभिभावक भेलामा कोरम नपुग्दा अधिवेशन स्थगित भएको छ । विद्यालयका अभिभावकहरूको उपस्थिति न्यून रहेको कारण भेलामा निर्णय लिन नसकेपछि उक्त अधिवेशन २७ गतेका लागि सारिएको हो ।
कोरम नपुगेको कारण अधिवेशन स्थगित गरिएको र आगामी २७ गतेका लागि बैठक सारिएको शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पुर्ण विश्वर्कमाले जानकारी दिनुभयो ।
आजको भेलामा शिक्षा शाखा प्रमुख, वडा नं ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे, निर्वतमान विद्यालय व्यवस्थापन समिती अध्यक्ष हुमकान्त खनाल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू लगायत व्यवस्थापन समितीका सदस्य, समाजसेवीहरुको उपस्थिति रहेको थियो।











