कपिलवस्तु– शिवराज नगरपालिका वडा नं. ५, चन्द्रौटामा आज भएको भेलाले पोखराको कास्कीबाट बसाइँसराइ गरी शिवराजका विभिन्न वडामा बसोबास गर्दै आएका कास्केली समुदायलाई एकीकृत गर्ने उद्देश्यले कास्केली शिवराज समाज गठन गरेको छ।
भेलाले ९ सदस्यीय कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ।
कार्यसमितिको अध्यक्षमा शिवराज सुवेदी, उपाध्यक्षमा कृष्णा पोडेल, सचिवमा नमराज न्यौपाने, सह-सचिवमा कमला देवी सुवेदी र कोषाध्यक्षमा लाल ब. थापा चयन भएका छन्। सदस्यहरूको रूपमा शशिधर सापकोटा, विजय सापकोटा, शिवराज ओझा, र समसेर नेपाली सामेल भएका छन्।
त्यसैगरी, भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ, जसको संयोजक भवनराज पौडेल हुन्। सल्लाहकार सदस्यहरूमा बाबुराम सापकोटा, प्रमोद सुवेदी, सूर्य सुवेदी, र कान्त सापकोटा रहेका छन्।
समाजले कास्केली समुदायको हितमा विभिन्न सामाजिक, सांस्कृतिक र परोपकारी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।











