चन्द्रौटा , कपिलवस्तु ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघकाे अध्यक्षमा तिरन कँडेल चयन भएका छन् । व्यापार संघ कपिलवस्तुकाे सभाहल चन्दाैटामा सम्पन्न ग्रील, स्टिल तथा आल्मोनियम व्यवसायी संघ शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाको संयुक्त पालिका स्तरीय अधिवेशनबाट सर्वसम्मत रुपमा कँडेललाई अध्यक्ष पदमा चयन गरिएको हाे ।
जसकाे उपाध्यक्षमा तिजमान राई, सचिवमा थानेश्वर अर्याल, सह-सचिवमा सोस बहादुर सुनार, कोषाध्यक्षमा रमेश भुसाल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा राम कुमार विश्वकर्मा, टेकराम गुप्ता, विद्या निवास मौर्य, महिबुल खान, महेन्द्र चौधरी, रामचन्द्र चौधरी, बेचन तेली, विष्णु गैरे, सबु खान, शिवु अधिकारी र राजु चौधरी चयन भएका छन् ।
व्यवसायी संघले सल्लाहकारको जिम्मेवारी बलराम मरासिनीलाई दिइएको जनाइएको छ ।
कार्यक्रममा बाेल्ने वक्ताहले व्यवसायीहरुले संगठनात्मक रुपमा अगाडी बढ्नुपर्नेमा जाेड दिएका छन् । संघलाई सुदृढीकरण गर्दै व्यवसाय प्रवर्द्धनका लागि संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
अधिवेशनको उद्घाटन कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पाेख्रेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे लगायतका व्यक्तित्वहरूले सम्बोधन गरेका थिए ।











