कपिलवस्तुकाे कृष्णनगरबाट चरेससहित ३ जना पक्राउ परेका छन् । प्रहरीले १४ किलाे ७ सय ७४ ग्राम लागु औषध चरेससहित उनीहरुलाई पक्राउ गरेकाे हाे ।
कृष्णनगर नगरपालिका-२ यात्रुगेट स्थित शंकास्पद रुपमा नेपालबाट भारततर्फ जाँदै गरेकाे अवस्थाका प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहररुकाे साथबाट चरेस जस्तो देखिने पदार्थसहित २ महिला र १ पुरुष पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा राेल्पाकाे थवाङ गाउँपालिका-५ का ४८ वर्षीय प्रेम सरी राेका, रुकुमकाे भुमे गाउँपालिका-२ का ३६ वर्षीय सरिता पुन मगर र राेल्पाकै उवा साविक गाविस हाल कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका-९ का ६६ वर्षीय सुकलाल घर्ती मगर रहेका छन् ।
सेतो प्लाष्टिकमा पोको पारी सेतो कार्टुन टेपले बेरी पोका पोका बनाई बाहिरबाट सेतो कोरा कपडाले छोपी धागोले सिलाई बेल्ट बनाई कम्बरमा बाँधी लुकाई छिपाई राखेको अवस्थामा प्रेम सरी रोकाको साथबाट ५ किलो ९ सय ६८ ग्राम, सरिता पुन मगरकाे साथबाट ५ किलाे ६ सय ६८ ग्राम र सुकलाल घर्ती मगरकाे साथबाट ३ किलाे १ सय २८ ग्राम चरेससहित माेबाइल ३ थान बरामद भएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । जिल्ला अदालतबाट १० दिनकाे म्याद थप भई अनुसन्धान कार्य भइरहेको उनले बताए ।











