काठमाडौं : सडक आन्दोलनमा रहेका शिक्षकले चौधौं दिन पनि आन्दोलन जारी राख्ने भएका छन्। मंगलबार पनि दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने नेपाल शिक्षक महासंघले जनाएको छ।
महासंघले आन्दोलनमा बाँकी शिक्षकलाई अनिवार्य आउन उर्दी जारी गरेको छ। महासंघबाट नगर्न भनिएका भर्ना अभियानलगायत काममा संलग्न नहुन भनिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूले महासंघको निर्देशन पालना गरेको/नगरेको जिल्ला जिल्लामा निरीक्षण अनुगमनमा गोप्यरूपमा खटाएको बताएका छन्।
मागको निकास ननिस्केसम्म आन्दोलनमा रहिरहने भन्दै अध्यक्ष सुवेदीले सबै शिक्षकलाई आन्दोलनको मोर्चा नछोड्न आग्रह गरेका छन्। महासंघले सोमबारदेखि विद्यालय नै बन्द गर्ने निर्णय गरेको छ। सरकारले नयाँ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान शुरु गरेको दिनदेखि नै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।









