कपिलवस्तु — कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा नवनिर्वाचित सांसद अभिषेक प्रताप लाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।
कांग्रेस क्षेत्र नम्बर ३ (क) क्षेत्रिय समितिको आयोजनामा चन्द्रौटा उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताले सांसद शाहलाई खादा तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
कार्यक्रममा बोल्दै सांसद शाहले जनताले दिएको विश्वासलाई कायम राख्दै क्षेत्रको विकास र जनताको आवाज संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। क्षेत्रको समृद्धिका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रमका अध्यक्ष गोविन्द केसीले शुभकामना एवम् बधाई ज्ञापन गर्दै शाहको जितले क्षेत्रको विकासमा नयाँ आशा थपिएको बताए।
त्यसैगरी कांग्रेस कपिलवस्तुका जिल्ला उपसभापति हुमकान्त खनालले जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा सचिव प्रेम रायमाझी,कांग्रेस नेता बिनोद नेपाल ,नारायण पौडेल ,हरि पोख्रेल, शिवराज नगर सभापति मधु पोख्रेललगायतका नेताले सम्मान गर्दै नवनिर्वाचित सांसद शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
कार्यक्रममा कांग्रेसका जिल्ला तथा नगरस्तरका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको संचालन नगर सचीव बिष्णु पोख्रेलले संचालन गर्नु भएको थियो।











