कपिलवस्तु । नेकपा (एमाले) शिवराज नगर कमिटी सचिव रोसन एम.सी.की आमा निमा कुमारी महतरा (एम.सी.)को निधनको पाँचौँ दिनको अवसरमा आज उहाँकै निवास सुन्दरीडाँडा पुगेर एमालेले श्रद्धाञ्जलि तथा शोकसभा कार्यक्रम सम्पन्न गरेको छ।
मंसिर २१ गते ७१ वर्षको उमेरमा निमा कुमारी महतराको निधन भएको थियो। आमाको स्मृतिमा आयोजित शोकसभामा एमालेका जिल्ला, प्रदेश र नगर तहका नेताहरू उपस्थित रहेका थिए।
स्वर्गीय महतराका तीन छोराहरू— रोशन एम.सी., राज एम.सी. र दिपक एम.सी. हुनुन्छ ।
शोकसभामा बोल्दै एमाले प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीले दिवंगत आमाको इमानदार, सरल र संघर्षशील जीवनशैली सबैका लागि प्रेरणादायक रहेको उल्लेख गर्दै शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनेर कामना गर्नु भएको थियो ।
त्यसैगरी, एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेलले रोसन एम.सी. पार्टीका समर्पित र कर्मठ नेता भएको भन्दै दुखद क्षणमा एमसिकी परिवारसँग पार्टी सधैंजसो साथमा रहने बताउनु भयो।
कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।











