कपिलवस्तु -एमालेको ‘घर फर्किउँ अभियानको महिना दिन पछि एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मिना परियार एमालेमा समाहित हुनु भएको छ ।
एमाले बाट बिद्रोह गरेपछि नेतृ रामकुमारी झाँक्री निकट मानिँने परियार झाँक्रीकै पहलमा उक्त बिद्रोहको कुनै औचित्य पुष्टि नभएको भन्दै एमालेमै फर्किएको बताउनु भयो । घर फर्किएकी परियार एमालेको ११औं महाधिवेशन प्रतिनिधिको रुपमा समेत मनोनित हुनु भएको छ ।
२०७० को संबिधान सभाको निर्वाचन लड्नु भएकी परियार दलित महिला अधिकारका क्षेत्रमा सक्रिय र प्रभावशाली नेतृका रूपमा परिचित परियारलाई मुल घरमा एमालेका शीर्ष नेताहरूले स्वागत गरेका हुन ।
एमालेबाट बिद्रोह गर्नुको कुनै औचित्य पुष्टि हुन सकेन नेतृत्व र विचारका आधारमा काम गर्ने ठाउँ यही हो, त्यसैले अब म एमालेमा फर्किएकी हुँ। दलित महिला अधिकार र समाजको विकासका लागि सशक्त भूमिकामा रहिरहने प्रतिबद्धता सधै अडिक भएर लाग्ने बताउनु भयो
नेकपा माओवादी केन्द्रमा नेकपा एकीकृत समाजवादी समाहित भए संगै एमाएलेको घर फर्किउं अभियानले सार्थकता पाएको छ ।











