कपिलवस्तु — आसन्न निर्वाचनसँगै कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)का उम्मेदवार बिरेन्द्र कुमार कनौडियाको पक्षमा जनसमर्थन बढ्दै गएको देखिएको छ। उहाँले विगतमा सम्पन्न गरिएका विकास योजनालाई जनतामाझ राख्दै आगामी एजेन्डा सहित चुनावी मैदानमा हिड्नु भएको छ।
कनौडियाले आफू प्रदेश प्रदेश सरकारमा हुंदा यस क्षेत्रका नागरिकको आवश्यकता अनुसार योजना ल्याएर कार्यान्वयन गरेको बताउनुभएको छ। उहाँका अनुसार १० हजार जनालाई लाभ पुग्ने गरी छपरा मुक्त योजना लागू गरिएको छ भने १ हजार दलित परिवारका लागि आवास योजना सञ्चालनमा ल्याइएको छ। यस्तै, १ हजार २०० भन्दा बढी नागरिकलाई स्वच्छ खानेपानीका लागि नल जडान गरिएको उल्लेख गरिएको छ।
गाउँ–गाउँमा धार्मिक तथा सामुदायिक भवन निर्माण र जीर्णोद्धार, सडक तथा सिँचाइ पूर्वाधार विस्तार जस्ता कार्यले ग्रामीण जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुगेको स्थानीयवासीको भनाइ छ। कृष्णनगर अस्पतालका लागि २ करोड रुपैयाँ बजेट सुनिश्चित गराएं तर स्थानीय सरकारको सहयोग नहुंदा उक्त योजना सफल हुन नसकेको बताउनु भयो ।
घरदैलो अभियानका क्रममा मतदाताले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई निरन्तरता दिन आग्रह गर्दै सकारात्मक सहित मैदानना हुनुन्छ ।
सक्षम र इमानदार नेतृत्व”को रूपमा परिचित कनौडियालाई विजयी गराएर अधुरा योजना पूरा गर्ने वातावरण बनाउने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा कपिलवस्तु–३ मा विकासका एजेन्डामै केन्द्रित बहस भइरहेको छ, जहाँ कनौडियाको पक्षमा देखिएको जनलहरले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।












