नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ सल्यानीबागस्थित गोल्डेन एबीसी एकेडेमी बाँके हाईस्कूलले आफ्नो शैक्षिक यात्रा सुरु गरेको करिब दुई दशक नपुग्दै अभिभावक र विद्यार्थीहरूको मन जित्न सफल भएको छ । २०६५ सालमा स्थापना भएको यो विद्यालयले सुरुवाती दिनदेखि नै उत्कृष्ट र यस बर्षदेखि सतप्रतिशत नतिजा दिंदै आएको छ । यही कारणले विद्यालय अभिभावकको पहिलो रोजाइमा पर्न सफल भएको छ ।
हालै मात्र २०८१ सालमा कक्षा ८ र एसईईमा दिएको नतिजाले विद्यालयको स्तर झनै प्रष्ट पारेको छ । कक्षा ८ मा १०५ जना विद्यार्थीमध्ये १८ जनाले ४ जीपीए, ७५ जनाले ए प्लस ल्याएका थिए । त्यस्तै, एसईईमा सहभागी ८१ विद्यार्थीमध्ये २५ जनाले ए प्लस, ५२ जनाले ए र बाँकी ४ जनाले उत्तिण भएको विद्यालयले फेरि एकपटक शतप्रतिशत सफलता कायम गरेको छ । अभिभावकहरू यस उपलब्धिमा निकै खुसी छन् ।
शिक्षामा मात्र होइन, अतिरिक्त क्रियाकलापमै पनि अगाडि
विद्यालयले शैक्षिक उपलब्धिमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा समेत उल्लेखनीय सफलता पाउँदै आएको छ । खेलकुद, स्वास्थ्य, कला लगायतका क्षेत्रमा विद्यालयका विद्यार्थीले स्थानीयदेखि राष्ट्रियस्तरसम्मका प्रतियोगितामा गोल्ड मेडलसहित अनेकौं पुरस्कार जितेका छन् । विद्यालयले आयोजना गरेको वा अन्य संस्थाले आयोजना गरेका कार्यक्रमहरूमा समेत गोल्डेन एबीसीका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको प्रतिष्ठा बढाएका छन् ।
अभिभावक समिर अली र फिरोज वार्सी भन्छन्, “गोल्डेन एबीसीमा छोराछोरी पढाउनु नै ठुलो कुरा हो । विद्यालयले पढाइ मात्र होइन, अन्य क्षेत्रमा समेत छोराछोरीलाई उजागर गर्न सक्ने अवसर दिएको छ ।”
शिक्षकको खुसीमै विद्यार्थीको खुसी
विद्यालयका सञ्चालक विकास बहादुर सिंहका अनुसार गुणस्तरिय शिक्षा दिन सक्ने आधार नै शिक्षकको मनोबल हो । त्यसैले विद्यालयले सबैभन्दा पहिला शिक्षकलाई समयमा पारिश्रमिक दिने कुरामा जोड दिएको छ । हाल करिब ९० जना शिक्षक तथा कर्मचारी स्थायी रूपमा काम गरिरहेका छन् । उनीहरूको पारिश्रमिक १२ हजारदेखि ८० हजारसम्म रहेको छ ।
सिंह भन्छन्, “शिक्षक खुसी भए मात्र विद्यार्थी खुसी हुन्छन् । त्यसैले शिक्षकको पारिश्रमिकदेखि गाडी सुविधा सम्म व्यवस्थित गरेका छौं । यसमा ठूलो खर्च भए पनि गुणस्तरिय शिक्षाको लागि आवश्यक भएकाले विद्यालयले यसलाई प्राथमिकता दिएको छ ।”
व्यवस्थापनमा चुनौती र समाधान
करिब १६ सय विद्यार्थी अध्ययनरत यो विद्यालयको आयस्रोत मुख्यतः शिक्षा ऐनअनुसार लिइने मासिक शुल्क र अन्य शुल्क नै हो । विद्यालय सञ्चालनमा मासिक खर्च ठूलो भए पनि कहिलेकाहीँ शुल्क संकलनमा चुनौती आउने गरेको सञ्चालक सिंहले बताए ।
“केही अभिभावकबाट समयमै शुल्क नआउँदा तलब र व्यवस्थापनमा चुनौती आउँछ । तर शिक्षकलाई समयमा पारिश्रमिक दिनु नै हाम्रो पहिलो दायित्व हो । अभिभावकलाई बारम्बार सम्पर्क गर्दा कतिपयले फोन उठाउँदैनन्, सम्पर्कमै आउँदैनन् । यस्ता अवस्थामा पनि हामीले विद्यार्थीलाई सामान्य व्यवहार गरेर मात्र शुल्क बुझाउन प्रेरित गर्ने गर्छौं,” सिंहले भने ।
अभिभावक जुनेद खाँ, जसकी छोरी कक्षा ३ मा अध्ययनरत छिन्, भन्छन – “कहिलेकाहीँ शुल्क तिर्न ढिलाइ भए पनि विद्यालयले धैर्यपूर्वक पर्खिने गर्दछ यसपालि अलि ढिला भएको थियो । अहिले मैले बाँकी शुल्क तिरेको छु र विद्यालयप्रति कुनै गुनासो छैन ।” विद्यालयप्रति मैले आवेगमा आएर मैले गुनासो पोखे जुनेदले भने त्यसको लागि म दुखि छु ।
भविष्यप्रतिको दृष्य
स्थापना देखिनै उत्कृष्ट परिणाम ल्याउँदै आएको गोल्डेन एबीसी एकेडेमीले शैक्षिक क्षेत्रमा अझै नवीनता ल्याउने योजना अघि सारेको छ । गुणस्तरिय शिक्षासँगै विद्यार्थीलाई सामाजिक, सांस्कृतिक र प्राविधिक रूपमा सक्षम बनाउनेतर्फ विद्यालयको लक्ष्य रहेको सञ्चालक सिंहले बताए ।
“विद्यालयको प्रत्येक गतिविधि गुणस्तरमा केन्द्रित छ । अभिभावक र विद्यार्थीलाई सन्तुष्ट पार्ने हाम्रो दीर्घकालीन लक्ष्य हो,” सिंहले थपे ।
गोल्डेन एबीसी एकेडेमी बाँके आज शैक्षिक उत्कृष्टता, अतिरिक्त क्रियाकलापमा अग्रसरता, शिक्षक र विद्यार्थीबीचको आत्मीय सम्बन्ध तथा व्यवस्थित व्यवस्थापनका कारण बाँकेको मात्र होइन, प्रदेशको नामचलनमा अघिल्लो पंक्तिमा उभिएको देखिन्छ । गोल्डेन एबीसी एकेडेमी बाँके हाईस्कूल “क” वर्गको विद्यालय हो ।
१. गोल्डेन एबीसी एकेडेमी ः नतिजा र व्यवस्थापनमा उदाहरणीय
२. गोल्डेन एबीसी एकेडेमी ः बाँकेको शिक्षामा आदर्श उदाहरण
३. सुरुवातदेखि नै सतप्रतिशत नतिजा, अभिभावकको पहिलो रोजाइ
४. शैक्षिकसँगै खेलकुद, कला र स्वास्थ्यमा समेत उत्कृष्टता
५. गुणस्तरिय शिक्षा र व्यवस्थित व्यवस्थापनमै विद्यालयको प्राथमिकता