कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा -काठमाडौं रुटमा यात्रुहरूलाई थप सुविधा र सुरक्षित यात्रा प्रदान गर्ने उद्देश्यले 'न्यु बुद्धभूमि मेट्रो एसी बस' सेवा सञ्चालनमा आएको छ।
सफल व्यवसायी दामोदर पगेनी, तारा प्रसाद घिमिरे र दीपक केसीको संयुक्त लगानीमा सुरु भएको बस सेवाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन केसीले यात्रुहरूका लागि यस्तो आधुनिक यातायात सेवाको आवश्यकता रहेको बताउँदै यो पहलको प्रशंसा गर्नुभयो।
लामो दुरीको यात्रामा सहज र सुरक्षित बनाउन आवश्यक रहेको बताउनु भयो । उद्घाटनमा बोल्दै उहाँले यात्रुहरूलाई आरामदायी यात्राको अनुभव मात्र नभई यहाँको यातायात क्षेत्रको विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।
पश्चिमाञ्चल बस व्यवसायी संघमा दर्ता गरि आज देखि बिधिवत रुपमा ३ वटा बस बाट सेवाको प्रारम्भ गरेको संचालक तारा प्रसाद घिमिरेले जानकारी दिनु भयो ।
आज देखि संचालनमा आएको मेट्रो बसमा यात्रुको आरामलाई विशेष प्राथमिकता दिईको छ ।
४० सिट क्षमता भएको बसमा मा आरामदायी सिट , एसी ,निशुल्क वाईफाई, मोबाइल चार्जिङ पोर्ट, मिनरल वाटर, ब्लाङ्केट, सुविधा छ रहेको छ
बस दैनिक रूपमा चन्द्रौटाबाट साँझ ६ बजे र काठमाडौंबाट बिहान ७ बजे छुट्ने समय तालिका तय गरिएको छ।
यात्रुहरूको बढ्दो मागलाई ध्यानमा राख्दै भविष्यमा अनलाइन टिकट बुकिङको समेत व्यवस्था रहेको छ