कपिलवस्तु । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ चन्द्रौटामा भब्य रूपमा मनाईएको छ।
११ औं संविधान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) र नेपाली कांग्रेसले संयुक्त रूपमा शिवराज नगरपालिकाको मुख्य चोकमा दिप प्रज्वलन गरि कार्यक्रम भब्य रूपमा गरेका छन्।
एमाले शिवराज नगर अध्यक्ष महादेव पोखरेलको अध्यक्षता, प्रदेश सभा सदस्य अर्जुन कुमार केसिको प्रमुख आतिथ्यता र कांग्रेस शिवराजका सचीव विष्णु पोख्रेलको संचालनमा कार्यक्रममा भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले संविधान दिवसलाई राष्ट्रिय एकताको पर्वका रूपमा मनाउनुपर्ने र प्रदेश–संघीय र स्थानीय तिनै तहका सरकारले जनताका अपेक्षाअनुसार सेवा पुर्याउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा कांग्रेस कपिलवस्तु उपसभापति हुमकान्त खनालले शुभकामना मन्तव्य राख्दै लोकतान्त्रिक संविधानको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउनु भयो।
एमाले अध्यक्ष महादेव पोखरेल कार्यक्रमको समापनलाई सम्बोधन गर्दै संविधानले ल्याएको अधिकार र कर्तव्यलाई जनस्तरमा लागू गर्न सबै दल एकजुट हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रमका सहभागीहरूले दीप प्रज्वलन गर्दै देशको शान्ति, समृद्धि र लोकतान्त्रिक मूल्यहरूको संरक्षणको जोड दिनु पर्नेमा जोड दिएका थिए ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रले विभिन्न ठाँउमा गरेको थियो