कपिलवस्तु।
शिवराज नगरपालिकाले जेन्जी स्तम्भ निर्माण गर्ने भएको छ ।भदौ २३ एवम सेप्टेम्बर ८ मा जेन्जी उमेर समूहले देश भर एकैसाथ आयोजना गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमामाएका जेन्जी युवाको सम्झनामा शिवराज नगरपालिकाले शिवराज ५ चन्द्रौटा स्थित समानता चोकमा “Pillar of Beautiful Soul” नामक स्तम्भ निर्माण गर्ने भएको छ ।
आन्दोलनको क्रममा ज्यान गुमाएका जेन्जी युवाहरूको सम्झनामा स्तम्भ एवम् जेन्जी चोक निर्माण गर्ने नगरप्रमुख अजय थापाले बताउनु भयो ।
राजधानीमा आन्दोलनको क्रममा मृतक जेन्जिको सम्झना जीवन्त बनाउन बनाउन लागेको बताउनु भयो। यति बेला आन्दोलनमा होमिएका एक जेन्जिको जुता सामाजिक संजालमा धेरै चर्चा पाएको छ सोही अनुरुप स्तम्भमा जुत्ताको प्रतीक समेत राखिने जानकारी दिनुभयो । १० फुल लम्बाइ हुने स्तम्भमा २८ वर्ष उमेर सम्मका मृतक जेन्जी उमेर युवाको नाम समेत उल्लेख गर्ने गरि नगरपालिकाको प्राथमिकतामा राखेको बताउनु भयो ।
उहाँले भ्रष्टाचारविरुद्ध ज्यान गुमाउने जेन्जी सदस्यहरूको योगदानलाई नगरले सदैव सम्मान गरने समेत बताउनु भयो । स्तम्भमा जुत्ताको प्रतीक राखेर सहादतलाई भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनाइने छ। भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाउनुपरेका जेन्जी सदस्यहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले स्मारक निर्माणमार्फत उहाँहरूको बलिदानलाई अबिश्मरणिय बनाउन लागेको हो ।उक्त स्तम्भ मेयर कोषबाट निर्माण गरिने समेत नगरप्रमुख थापाले जानकारी दिनुभयो । उक्त आन्दोलनबाट हाल सम्म ७२ जनाले ज्यान गुमाएका छ्न ।साथै आन्दोलनको प्रभावबाट अन्तरिम सरकार निर्माण देखि आगामी निर्वाचनको समय तोकिएको छ ।