कपिलवस्तु, भदौ १९ ।शिवराज नगरपालिकाले मुस्लिम धर्मावलम्बीहरूको प्रमुख पर्व मोहम्मद-डेको अवसरमा स्थानीय विदा दिएको छ।
नगर कार्यपालिकाको २०८२ भदौ १९ गतेको निर्णयअनुसार आउँदो भदौ २० गते (शुक्रबार) का दिन परेको मोहम्मद-डे को
अवसरमा नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवा बाहेक) तथा सामुदायिक र संस्थागत विद्यालयहरू बन्द रहने भएका छन्।
यस अवसरमा नगर प्रमुख अजय थापाले नगरवासी सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, भाईचारा र धार्मिक सहिष्णुताको सन्देश फैलाउने अपेक्षा व्यक्त गरेका छन्।