काठमाडौँ —माओवादी केन्द्रसँग पार्टी एकतालगायत विषयमा छलफल गर्न नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपाको स्थायी कमिटी बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा आइतबार बसेको बैठकमा पार्टी एकता गर्ने माओवादी केन्द्रको निर्णयको प्रस्तावमा छलफल गर्ने नेताहरुले जनाएका छन् ।
यसबाहेक नेकपाले आगामी पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव र एजेन्डाको बारेमा पनि छलफल गर्नेछ ।