कपिलवस्तु । मानवीय सेवामा जीवनरक्षार्थ रक्तदान कार्यक्रम सञ्चालन गरी शिवराज नगर क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै शिवराज नगरपालिकाले राष्ट्रिय युवा संघ नेपाल, शिवराज नगर कमिटीलाई सम्मान गरेको छ ।
नगर प्रमुख अजय थापाले सम्मान नगर कमिटी अध्यक्ष नारायण सापकोटा लाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।
सम्मान कार्यक्रममा युवा संघ ईनचार्ज रणदिप खतिवडा ,नगर कमिटीका अध्यक्ष नारायण सापकोटा र कोषाध्यक्ष तिलक कार्की ,एमाले नेतालगायत सम्मान कार्यक्रममा सहभागीता रहेकोे थियो ।
युवा संघले साउन ३१ गते आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ११५ प्वाइन्ट रगत संकलन गर्न सफल भएको थियो । नगरपालिकाले युवाद्वारा सञ्चालित रक्तदान अभियानले सामाजिक जागरण र जनजीवनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वयुक्त कार्यक्रम निरन्तर गर्न सुझाव दिएको छ ।