कपिलवस्तु । शिवराज नगरपालिका–१ स्थित नेपाल आदर्श बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष बिरेन्द्र केसीले क्याम्पसको नयाँ भवन निर्माणका लागि थप १० धुर जग्गा दान गर्नुभएको छ। अहिले करिब १५ लाख मूल्य बराबरको यो जग्गा दानसँगै उहाँले हालसम्म क्याम्पसलाई कुल ५ कठ्ठा १० धुर जग्गा दान गर्नुभएको छ।यसअघि अध्यक्ष केसीले क्याम्पसको नाममा ५ कठ्ठा जग्गा दान गर्नुभएको थियो।
नयाँ भवन निर्माणका लागि संघीय सरकारको शहरी विकास तथा भवन निर्माण मन्त्रालयबाट आर्थिक वर्ष २०८२/८३ मा ३ करोड रुपैयाँ विनियोजन भएको छ। उक्त रकमको उपयोगसहित क्याम्पसकै छेउमा संरचना विस्तार गर्न केसीले पुनः जग्गादान गर्नुभएको हो।
यसबाहेक, सञ्चालक समितिले थप १० धुर जग्गा खरिद गर्ने निर्णय समेत गरेको छ। स्थानीय तह, समुदाय र दाताको निरन्तर सहयोगले क्याम्पसको भौतिक संरचना थप मजबुत हुने अपेक्षा गरिएको छ। क्याम्पसले डिग्री संचालन गर्नको लागि २०७२ मा लगाएको महायज्ञमा बोलेका कैयौं दानबिरले बाकिं राखेको भए पनि के सि ले बोलेको रकम बराबरको जग्गा दान गर्नु भएको थियो ।
क्याम्पसको भवन निर्माणको लागि कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद मंगल प्रसाद गुप्राको बिशेष पहलमा ३करोड रकम बिनियोजन भएको थियो उक्त क्याम्पसको भवन निर्माण क्याम्पसकै नाममा भएको जग्गा आवस्यक भएको तर जग्गा अपुग भए पछि उक्त वजेट नै फृज नै हुने भन्दै बजेट कार्यान्वयन गर जग्गा दान गरेको केसिले बताउनु भयो ।