कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट एक दशकभन्दा बढी समयदेखि निजी शैक्षिक संस्थाको रूपमा सञ्चालनमा रहेको लुम्बिनी लर्निङ सेन्टर हालको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि ले आफ्नै शैक्षिक विशेषता झल्काउने गीत सार्वजनिक गरेको छ ।लुम्बिनी प्रदेशमा स्थापित प्रमुख शैक्षिक संस्थामध्ये धेरै विद्यार्थीहरुको रोजाइमा पर्न सफल ब्राइट लुम्बिनीले आफ्नो बाह्रौँ वार्षिकोत्सवका अवसरमा गितको अडियो सार्वजनिक गरी केही दिन अघि भिडियो छायाकंन गरेको थियो ।
उक्त्त गितको भिडियो सोमबार बेलुका ७ः३० बजे असिम क्षेत्री नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । लोक तथा दोहोरी गायक बिक्रम परियार र गायिका शान्ता रानी परियारको स्वर रहेको गीतमा नविन परियारको शब्द, बिक्रम परियारको सङ्गीत, तथा सुनिल परियारको सङ्गीत संयोजन रहेको छ ।
गीतको भिडियो अबिरल फिल्म्स प्रा.लि.ले छायाङ्कन गरेको हो भने कोरियोग्राफी सुमन पौडेल र निर्देशन विष्णु भट्टराईले गरेका हुन् ।
करिब सात मिनेट लामो उक्त गीतमा विद्यालय शिक्षा पछिको अन्तर्राष्ट्रिय भाषा अध्ययन र त्यसअनुसार विद्यार्थीहरू जापान, कोरिया लगायतका देशतर्फ जाने क्रमलाई गीतको मूल सन्देश बनाइएको छ । ब्राइट लुम्बिनीले विगत १२ वर्षदेखि उत्कृष्ट ढंगमा जापानी र कोरियन भाषा कक्षा सञ्चालन गर्दै आएको र थुप्रै विद्यार्थीलाई वैदेशिक अध्ययन तथा रोजगारीमा पठाउँदै आएको उल्लेख गरिएको छ ।
भिडियोमा संस्थाका प्रबन्धक असिम क्षेत्री र मोडल राधिका श्रेष्ठको प्रमुख अभिनय तथा नृत्य हेर्न पाइनेछ । उक्त्त भिडियो हेर्दा प्रबन्धक क्षेत्री व्यावसाय र शिक्षमा मात्रै नभई नुत्यमा पनि उत्तिकै उत्कृष्ट छन भन्ने थाहा पाउन सकिन्छ । गीतको छायाङ्कन बाणगंगा नगरपालिका भित्रका प्रमुख स्थानहरू — राजापानी, जितपुर मन्टेश्वरी परिसर, र ब्राइट लुम्बिनी इन्टरनेशनलको कार्यालय परिसरमा गरिएको प्रबन्धक क्षेत्रीले बताए ।
पछिल्ला वर्षहरूमा शतप्रतिशत परीक्षाफल ल्याउने सफलता सहित संस्था विद्यार्थीहरूको विश्वासिलो रोजाइ बन्दै गएको छ । हाल सयौँ विद्यार्थीले यहाँ अध्ययन गरिरहेका छन्।संस्थाले तयार पारेको गीत र भिडियोले शैक्षिक संस्था र विद्यार्थीहरूको भविष्यलाई उजागर गर्ने उद्देश्य राखेको जनाइएको छ ।
https://youtu.be/rGfm2ZSIEy0?si=eHYRHWou7DegmLMY









