कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिकामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा थुनामा रहेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर संकलन अभियान संचालन गरिएको छ।
शिवराज–५ चन्द्रौटामा संचालन भइ रहेको उक्त अभियानमा कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, माओवादी नेता प्रकाश पौडेल, एमाले, कांग्रेस, राप्रपा, माओवादी केन्द्रसहित विभिन्न दलका नेता तथा कार्यकर्ताले रास्वपाको हस्ताक्षर अभियानमा साथ दिएका छन् ।
कार्यक्रम स्थलमै नगर प्रमुख थापाले हस्ताक्षर गर्दै लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउनु भयो ।
राप्रपाका केन्द्रिय सदस्यसमेत रहेका थापाले रास्वपाले चालेको सत्यको पक्षमा जनमत निर्माणको अभियानलाई ऐक्यबद्धता जनाएको रास्वपा शिवराज नगर संयोजक वालकृष्ण पाण्डेले बताउनु भयो ।
रास्वपा शिवराज नगर समितिले आज चन्द्रौटामा गरेको हस्ताक्षर कार्यक्रममा ५ सयभन्दा बढी नागरिकले हस्ताक्षर गरेका छ्न ।अभियान निरन्तर चलेको बताउनु भयो ।
रास्वपाले देशभर नै लामिछानेको रिहाइको माग राख्दै हस्ताक्षर अभियान थालेको छ। शिवराजमा भएको कार्यक्रमलाई आम नागरिक र युवा पुस्ताले विशेष चासोका साथ समर्थन गरेको देखिएको छ।










