कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३, खरेन्द्रपुरस्थित चनइ स्वास्थ्य चौकीमा एक महिलाले तीन शिशुलाई जन्म दिनुभएको छ। शिवराज नगरपालिका–४ डकहियाकी सोमाइ केवटले एकैपटक तीन सन्तान – दुई छोरा र एक छोरी सुरक्षित जन्माउनु भएको हो ।
नवजातहरूमध्ये दुईको तौल १.५ के.जी. र एकको तौल १.७ के.जी. रहेको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।
यसअघि पनि सोमाइ केवटको एक छोरा (७ वर्ष) र दुई जुम्ल्याहा छोरी (३ वर्ष) रहेका छन्। अहिले फेरि जुम्ल्याहा सन्तान जन्मिएपछि पाँच सन्तानसहितको परिवारमा खुसी त थपिएको छ, तर चिन्ता पनि उतिकै बढेको छ।
चनाै स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार शिशुहरूको तौल कम भएकाले थप निगरानी आवश्यक छ । विशेष स्याहार र उपचार समेत आवश्यक छ । उपचारमा ख्याल नगरेमा स्वास्थ्य जोखिम हुन सक्ने बताउनु भयो ।
श्रीमान् कमल केवट दिहाडी मजदुर भएकाले परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ।
शिवराज–३ का वडा अध्यक्ष टेकलाल सापकोटाले मानवीय सहायतास्वरूप रु. ५,००० सहयोग गरर्नु भएको छ ।
तर यो सहयोग पर्याप्त छैन, शिशुहरूको पोषण, औषधी र अस्पताल खर्च अझै व्यवस्थापन गर्न सकिएको छैन। परिवारले सहयोग नवजात शिशुको सफल उपचारका लागि सहयोगको अपेक्षा गरेका छ्न ।