कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ४ लाई ‘पूर्ण खोप दिगोपना सुनिश्चिता वडा’ घोषणा गरिएको छ। एक विशेष कार्यक्रमको आयोजना गर्दै वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको हो।
वडा कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको छ। वडामा नियमित खोप सेवा प्रभावकारी रूपमा सञ्चालन भई सबै उमेर समूहका बालबालिकाहरूले आवश्यक सबै खोप सेवा प्राप्त गरेको जनाउँदै वडा अध्यक्ष नसिम अहमद खाँले पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको जानकारी दिनुभयो।

खोप अभियानलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण योगदान रहेको भन्दै सम्मानस्वरूप प्रमाणपत्र तथा धन्यवादपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविकालगायतको उपस्थिति रहेको थियो।









