कपिलवस्तु - मुस्लिमहरुको तीर्थस्थल साउदी अरेबियास्थित मक्का मदिना जानका लागि कपिलवस्तुबाट हजयात्री प्रस्थान गरेका छन् । जिल्लाका १० स्थानीय तहबाट १ सय ८९ हजयात्री हज यात्राका लागि आइतबार काठमाडौं प्रस्थान गरेका हुन । गतवर्ष जिल्लाबाट १९१ हजयात्रामा गएका थिए । सदरमुकाम तौलिहवा, पकडी, चन्द्रौटा, कृष्णनगरबाट अरब जानका लागि उनीहरु काठमाडौं लागेका हुन् ।
हजयात्रीलाई बिदाई गर्न उनीहरुको आफन्त तथा गाउँलेहरु भेला भएका थिए । बक्राईदन मनाउन उनीहरु त्यहाँ जान लागेका हुन ।
नेपालभरबाट यसवर्ष १ हजार १७१ जना हजयात्रामा जान लागेको हज समितिले जनाएको छ । गतवर्ष यो संख्या १ हजार ११९ थियो ।
मक्कामदीना यात्रा गर्नेलाई अल्लाहको दृष्टि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ । मक्का अल्लाहको घर र माहोम्मदको जन्मथालोकोरुपमा रही आएको उनले बताए । ‘हज गर्नाले जस्तो सुकै ठुलो अपराध र पाप गरे पनि नाश भई भर्खर जन्मेको बच्चा जस्तै पवित्र हुन्छ’ उनले भने ।
हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ । मक्कामा सात पटक परिक्रमा तवाफ) गर्नुपर्छ जसले एक हज (कावा) प्राप्त हुन्छ । इदुुल अजाहा (बक्राईदका दिन) बिशेष नवाज पढ्दै कुर्वानी दिने चलन छ । हजयात्रा गर्नेलार्ई हाजी भन्ने चलन रहेको बताईएको छ ।
काठमाडौंबाट जेठ ८ जेठ गतेसम्म ११ समूहमा उनीहरु यात्रामा जानेछन् । चन्द्रमाको उपस्थितिले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरि पैगम्बर मोहम्मदको जन्मस्थान (खान ए कावा) मा परिक्रमा गरि मक्काको मिना मुद्दिलफा आराफातमा ५ दिन बसि नवाज अदा गर्नेछन् । त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मदिनामा पुगी १० दिन नबाज पढेपछि हज पूरा हुनेछ । मुस्लिम समुदायले जीवनमा कम्तीमा एक पटक मक्का मदिना जाने चहाना राख्छन । अति गरीब परिवारले समेत रिन सरसापटक समेत लिएर मक्का मदिना जाने गरेको पाईएको छ ।