काठमाडौं । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार बेलुका काठमाडौंमा प्रस्तुति दिएकी छन् । बौद्धस्थित हायात मैदानमा उनले आफ्ना हिट गीतमा नृत्य प्रस्तुति दिइन् ।
‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा फतेहीको प्रस्तुति हेर्न हायातको चौरमा हजारौं दर्शक सहभागी रहे । ‘स्नेक’सहितका चर्चित बलिउड ट्रयाकमा नोराले कोरससहित प्रस्तुति दिएकी थिइन् ।