कपिलवस्तु । कपिलवस्तु बहुमुखी क्याम्पस (तौलिहवा) मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा अनुसार अध्यक्ष पदमा हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी भएका छन्। कुल १,०१२ मतदाता मध्ये ९८२ मत खसेको निर्वाचनमा उनले ४६६ मत प्राप्त गर्दै विजय हासिल गरे।अध्यक्ष पदका अन्य प्रतिस्पर्धीहरूमध्ये बाबुराम खनालले ३६९ मत, सुरेश शर्माले ८४ मत र सचिदानन्द त्रिपाठीले ३३ मत प्राप्त गरे।
त्यसैगरी पुरुष सदस्यतर्फ विजयी हुनेहरूमा देवराज पान्डेय (४६२), शारदानन्द यादव (४५१), शोहरत तेली (४३९) र रामजी कुर्मी (३८१) परेका छन्।अन्य प्रतिस्पर्धीहरूमा गोपाल भण्डारी (३७८), गंगेश वर्मा (३६३), गौरव गुप्ता (३३४), कृष्ण चन्द (२६४), राजेश अग्रहरी (१७६) र राम शरण चौधरी (२३२) थिए।
भने महिला सदस्यतर्फ वन्दना चौधरीले सबैभन्दा धेरै ६०६ मत प्राप्त गर्दै विजयी भइन्। त्यस्तै, सुनीता शुक्ल (५२६) र इन्दिरा देवकोटा (४३४) पनि विजयी बनेका हुन्।अन्य उम्मेदवारहरूमध्ये पुष्पाञ्जलि शुक्लाले ४१५, लक्ष्मी मिश्राले ३७९ र विन्दवासिनी हरिजनले १५९ मत प्राप्त गरे।निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।