कपिलवस्तु -
नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा युवा महोत्सव गर्न लागेको हो । आज दिउँसो १ः०० बजेबाट भृकुटीमण्डपमा सो महोत्सव सुरू हुने आयोजकले जनाएको छ । युवा महोत्सवमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा शिवराज नगर उप प्रमुख शिवकुमारी चौधरीले आफ्नो धाराणा राख्दै हुनुहुन्छ । युवा महोत्सवमा युवा वक्ताहरुलाइ जोड दिने आयोजकले जनाएको छ ।
कार्यक्रम सहजीकरण टिमका संयोजक माधव ढुङ्गेलका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहनेछन् ।
जसअनुसार प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधारी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धाराणा राख्ने तयारी रहेको छ ।
नगर उप प्रमुख तथा युवा नेतृ शिवकुमारी चौधारी कार्यक्रमलाइ सम्बोधन गर्न काठमाडौं पुगिसक्नु भएको छ ।
कार्यक्रमका लागी देशभरबाट लाखौँ युवाहरु काठमाडौं पुगिसकेका छन । ४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्ने तथा कन्सर्ट, विभिन्न नाचगान, विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने छ, झाँकीमा युवाहरू नै सहभागी हुनेछन, कार्यक्रममा युवाहरूले पाकाहरूलाई छपक्कै छोप्ने आयोजकले जनाएको छ । युवा महोत्सवमा एक लाख बढि युवा सहभागी हुने दाबी गरीएको छ ।