काठमाडौँ — रास्वपाको महाधिवेशन वैशाखमा नहुने भएको छ । यसअघि यही वैशाखभित्र राष्ट्रिय महाधिवेशन हुने बताइए पनि बिहीबार बसेको केन्द्रीय समितिको बैठकले नयाँ मिति घोषणा गरेको हो ।
बिहीबार बसेको बैठकले राष्ट्रिय महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ ।
२०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५सम्ममा प्रदेश अधिवेशन सम्पन्न गर्ने पनि रास्वपाले जनाएको छ ।
The convention of Raswapa has been moved to Chitwan on 7th, 8th and 9th of Februaryहालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७ सय वडामा अधिवेशन सम्पन्न भइसकेको रास्वपाले जानकारी दिएको छ । ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको र ७० जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको पनि पार्टीले जनाएको छ ।
यसअघि चैत १८ गते सभापति रवि लामिछानेको सभापतित्वमा बसेको केन्द्रीय समिति बैठकले वैशाखभित्रै महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामा पठाएपछि रास्वपाले महाधिवेशनको नयाँ मिति तोकेको हो ।









