चन्द्रौटा ।कपिलवस्तुमा राष्ट्रिय परिचयपत्रको कार्ड वितरण कार्य सुरु भएको छ । जिल्ला प्रसासन कार्यालय कपिलवस्तुले सूचना प्रकाशि गर्दै जिल्लाका दस वटै पालिकामा कार्ड बितरण सुरु भएको जनाएको छ । २०७६ साल जेठ १५ गतेदेखि २०८० साल असार मसान्तसम्म राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरी फोटो खिचाएका सेवाग्राहीको परिचयपत्र कार्डको वितरण प्रक्रिया अब सुरु हुने जिल्ला प्रसाशन कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै कार्यालय समयभित्र सम्बन्धित पालिकामा गएर कार्ड लिन अनुरोध गरेको छ।
कार्ड लिन आउँदा सक्कल नागरिकता प्रमाणपत्र र विवरण दर्ता गर्दा प्राप्त गरिएको भरपाई र सेवाग्राही स्वयं उपस्थित हुन कार्यालयले स्पष्ट पारेको छ।
कार्यालयले सूचना प्रकाशन गर्दै सबै सेवाग्राहीलाई निर्धारित समयमा आवश्यक कागजातसहित उपस्थित भई आ–आफ्नो कार्ड लिन आग्रह गरेको छ।
कार्ड वितरण कपिलवस्तु नगरपालिकामा प्रत्येक हप्ताको आइतबार र सोमबार, वाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका, महाराजगंज नगरपालिका र यशोधरा गाउँपालिकामा प्रत्येक मंगलबार, बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकामा प्रत्येक बुधबार, तथा कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा प्रत्येक बिहीबार र शुक्रबार कार्ड वितरण गरिने छ।